नियम १६
प्रतिउत्तरपत्र पेश गर्न वा बयान दिन सक्ने
(१) कुनै विपक्षीले म्यादभित्र अदालत समक्ष उपस्थित भई प्रतिउत्तरपत्र पेश गर्न वा प्रतिउत्तरपत्रको सट्टा बयान दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम विपक्षीले प्रतिउत्तरपत्रको सट्टा बयान दिन चाहेमा निजको बयान लेखबद्ध गरी सहिछाप गराई मिसिल साथ राख्नु पर्नेछ। (३) उपनियम (१) वा (२) बमोजिम प्रतिउत्तरपत्र पेश गर्दा वा बयान गर्दा अनुसूची-२ बमोजिमको दस्तुर लाग्नेछ ।
(४) अदालतमा परेको पुनरावेदनमा प्रत्यर्थी झिकाउने आदेश भई लिखित प्रतिवाद सहित हाजिर . हुन आउँदा सम्बन्धित पक्षले अनुसूची-२ बमोजिमको ,दस्तुर बुझाउनु पर्नेछ।